Thursday, March 22, 2018

को हुन् नेपाल को पहिलो चन्द्रमामा जग्गा किन्ने मान्छे कति पर्यो जग्गा को ??



अहिले रमेशकुमार जोशी चन्द्रमाको  ८० रोपनी बराबर जमिनको मालिक भएका छन्, भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ | १४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको बे अफ रेन्बोमा १० एक्रीजमिनका मालिक बनेर जग्गाधनी प्रमाणपत्र समेत प्राप्त गरेका छन् । जोशीलाई त्यहाँसम्म पुग्न अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । पृथ्वीबाट प्रष्ट देख्न सकिने प्राइम लोकेशनमा रहेको बे अफ रेन्बोमा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार १० एक्रीनै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन् । जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ । एक एक्रीबराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । 
वास्तवमा संसारभरीका ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त दि लुना रजिष्ट्रीले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, माइक जगर, निकोल किड्म्यान, क्लाइन्ट इष्टउड, हारिसन फर्ड, विलियम सान्टर, पेट्रिक स्टेवर्ड, स्टीभ ओजनेक लगायत भारतका सिने कलाकार शहारुख खानले समेत चन्द्रमाको नागरिकता साथै जमिन किनिसकेको प्रचारमा आइसकेको अवस्थामा आफू पनि सोही अनुरुप चन्द्रमाका नागरिक साथै जमिनका मालिक बन्न पुगेकामा नेपाली नागरिक जोशी गौरव गर्छन् ।


No comments:

Post a Comment

को हुन् नेपाल को पहिलो चन्द्रमामा जग्गा किन्ने मान्छे कति पर्यो जग्गा को ??

अहिले रमेशकुमार जोशी चन्द्रमाको   ८० रोपनी बराबर जमिनको मालिक भएका छन् , भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ | १४ जन...